२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

आजदेखि नेपालमा मनसुन भित्रियो

काठमाण्डौं, 
३० जेठ । नेपालमा मनसुन भित्रिएको मौसमविद्ले बताएका छन् । यसपालि मनसुन दुई दिन ढिलो गरी भित्रिएको हो ।

अहिले नेपालको पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेको र त्यहाँ ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान गरिएको छ ।

नेपालमा अरु ठाउँमा भने बिस्तारै मनसुन प्रवेश गर्ने छ । यसपालिको मनसुनी गतिविधि निकै सक्रिय रहेकोले बाढी पहिरोको जोखिम उच्च रहेको मौसमविद् कँडेलले बताउनुभयो ।