२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

पश्चिम दाङमा अवैध काठ बोकेको बस दुर्घटना

बबई, 
३१ जेठ । पश्चिम दाङमा सालको काठ ल्याउदै गरेको बस दुर्घटनामा परेको छ । बबई गाउँपालिका वडा नम्वर ३ हंसपुरबाट हापुरे तर्फ सालको काठ ल्याउँदै गरेको ग १ ख ७७०३ नम्वरको बस हसंपुर पिसिओ चोकमा दुर्घटना भएको ईलाका प्हरी कार्यालय खिलतपुरका ईन्चार्ज प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिएका छन् ।

शनिवार विहान ३ बजेतिर काठ ल्याएर आउदै गरेको बसले स्थानिय प्रहरी चौकीलाई झुक्याएर भाग्न खोज्दा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको जनाएको छ । दुर्घटना पछि बस चालक र सहचालक फरार रहेको र बसमा राखीएको अन्दाजी ७० थान सालको काठ र बसलाई प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिएका छन् ।

उक्त सालको काठ अवैध भएको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाईएको छ ।