२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

कोरोना मुक्त भयो बाँकेको नरैनापुर

नेपालगन्ज,
३१ जेठ । कोरोना भाइरसको हटस्पटको रुपमा रहेको बाँके जिल्लाको नरैनापुर गाउँपालिका कोरोना मुक्त भएको छ ।

बाँके नरैनापुरका कोराना संक्रमित सबै ११७ जना नै डिस्चार्ज भै घर फर्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले आफ्नो सामाजिक संजाल मार्फत जनाएका छन् |

पछिल्लो चरणमा नरैनापुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शसस्त्र प्रहरी र नेपाल प्रहरीले क्वारेन्टाइनमा सुरक्षा दिइरहेको थियो । यसअघि नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको कोरोनाकै कारण मृत्यु भएको थियो ।