२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

क्‍वारेन्टाइनमा बसेका १८ वर्षिय युवकको मृत्यु

प्यूठान, 
३१ जेठ । क्वारेन्टाइनमा बसेका माण्डवी गाउँपालिका ४ उदयपुरकोट आँपचौर प्यूठानका १८ वर्षिय राजु कार्कीको मृत्यु भएको छ।

स्वास्प्रश्वासमा समस्या आएपछि उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकाले जानकारी दिए। उनको पिसिआर रिपोर्ट अझै आइ नसकेको रोकाले जानकारी दिए।

केही दिन अघि भारतबाट आएका उनी छिमेकी दाङको बंगलाचुली गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए।

जोडिएका गाउँपालिका भएकाले माण्डवी र बंगलाचुली गाउँपालिकाले सम्वन्धित जिल्ला हुँदै आएका व्यक्तिहरुलाई आ–आफ्नो क्वारेन्टाइनमा राख्ने गरेका छन्।