काठमाडौं,
३१ जेठ । पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान तथा अलराउण्डर शाहिद अफ्रिदीलाई कोरोना संक्रमण देखिएको छ । ४० वर्षीय अफ्रिदीले शुक्रवार सामाजिक सञ्जाल ट्विटरमा आफूलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका हुन् ।
उनले लेखेका छन्, ‘गत बिहीबारदेखि मेरो स्वास्थस्थिति राम्रो थिएन । ज्यान नराम्ररी दुखेको थियो । परीक्षण गर्दा दुर्भाग्यवश कोभिड पोजेटिभ देखियो । शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना जरुरी छ ।’
अफ्रिदी कोभिड पोजेटिभ देखिने पाकिस्तानका दोस्रा क्रिकेटर हुन् । यसअघि पाकिस्तानका पूर्वओपनर तफिक उमरलाई पनि कोभिड पोजेटिभ देखिएको थियो । उनलाई अहिले निको भइसकेका छन् ।
I’ve been feeling unwell since Thursday; my body had been aching badly. I’ve been tested and unfortunately I’m covid positive. Need prayers for a speedy recovery, InshaAllah #COVID19 #pandemic #hopenotout #staysafe #stayhome
— Shahid Afridi (@SAfridiOfficial) June 13, 2020