२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

पूजाको फूलपाती सेलाएर फर्किदै गरेको जीप दुर्घटनामा एकको मृत्य, ६ जना घाइते

स्याङ्जा, 
३१ जेठ । स्याङ्जाको भीरकोटमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन् । बयरघारी बजारबाट स्वरेकको लागि छुटेको ग २ च २३७३ नम्बरको महिन्द्रा जीप भीरकोट ५ को नेटामा दुर्घटना भएको हो ।

दुर्घटनामा १६ वर्षीया दुर्गा अर्यालको ज्यान गएको छ । अर्यालको उपचारको क्रममा कालिका अस्पताल हेलुमा निधन भएको हो । दुर्घटनामा घाइते भएका अन्य ६ जनालाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको स्याङ्जाका प्रहरी उपरीक्षक विमलराज कणेलले जानकारी दिनुभयो । घाइते हुनेमा शान्ति अर्याल, गीता अर्याल, पार्वती अर्याल, शोभा अर्याल, हिमकुमारी अर्याल र सुषमा अर्याल रहेका छन् ।

राम्दी पुगेर पूजाको फूलपाती सेलाएर आएको जीप सडकबाट १५/२० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीप चालक प्रहरी नियन्त्रणमा छन् भने मृतक र घाइते सबै नातेदार रहेको बताइएको छ ।