२०७९ चैत्र ८ गते बुधवार
२०७९ चैत्र ८ गते बुधवार

कुखुराको खोरबाट ९० हजार सहित १३ जुहाडे पक्राउ

दाङ, 
३१ जेठ । दाङमा कुखुराको खोरबाट १३ जना जुवाडेलाई गढवा प्रहरीले पक्राउ गरेको छ । शनिवार राती एक बजे राजपुर गाउँपालिका निवासी सुरेन्द्र चौधरीको घरमा रहेको कुखुराको खोरमा जुवा खेलि रहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले ८९ हजार ९ सय ८० रुपैँया सहित पक्राउ गरेको हो ।

उनीहरुलाई कुखुराको खोरमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गढावाका प्रहरी निरिक्षक भरतसिंह राठोरले जानकारी दिए ।

पक्राउ परेका १३ जनालाई इलाका प्रहरी कार्यालय गढवामा राखिएको छ । उनीहरुको आइतवार म्याद थप गरि जुवा ऐन अन्र्तगत मुद्धा चलाउने र सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाईने प्रहरी निरिक्षक राठोरले जानकारी दिए ।