२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

नेपालमा कोरोनाबाट ५ बर्षीय बालकसहित १८ जनाको मृत्यु

काठमाडौं, 
३१ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक बाराका एक पाँच बर्षीय बालक र अर्का एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

बाराका ५ बालक निमोनिया भएर अस्पतालमा उपचार गर्न आएका थिए । उनको शुक्रबार उपचारका क्रममा मृत्यु भएको हो । ज्यान गुमाएका उनीहरु दुबै जनाको नारायणी अस्पताल वीरगञ्जमा गरिएको स्वाव परीक्षणमा नतिजा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको हो ।