पोखरा,
३२ जेठ । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । पहिरोमा परी ६ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
पहिरोमा परी मृत्यु हुनेमा कुश्मा ३ काफलचौरका ५२ वर्षीय तुल बहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मिनकुमार थापा र उनकी नातिनी ८ वर्षीय बिबिसा थापा रहेको प्रहरीले जनाएको छ ।
उक्त पहिरोमा परी दुईवटा घर पुरिए छन् भने एउटा घरमा क्षति पुगेको छ । शनिबार साँझदेखि परेको वर्षाका कारण राति ९ः०५ बजे अचानक पहिरो गएको थियो ।
-फाइल फोटो