२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

पहिरोमा पुरिएका ९ जनामध्ये ८ जनाको शव फेला

पर्वत,
३२ जेठ । पर्वतको कुश्मा नगरपापिलका-३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका नौमध्ये आठ जनाको शव भेटिएको छ भने १ जना अझै बेपत्ता  छन्। घरभन्दा माथिबाट आएको पहिरोले दुई घर पुरिँदा दुई परिवारका नौ जना पुरिएका हुन्।

पहिरोमा पुरिएका थप एक जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए। नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी बल र स्थानीयवासीले उद्धारलाई जारी राखेका छन्।

राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए। बिहानबाट पुनः उद्धार कार्य सुरू भएको कुश्मा नगरपालिका–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए।

शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो । पहिरोले उनीहरूका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन् । स्थानीयका अनुसार झण्डै तीन सय मिटरभन्दा माथिबाट पहिरो आएको छ । वर्षाकै कारण पहिरो आएको हुनसक्ने स्थानीय प्रभु गुरुङले जानकारी दिए ।