२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

दाङमा एकैदिन ५६ जना कोरोना सक्रंमित थपिए

दाङ,
३२ जेठ  । दाङमा एकैदिन ५६ जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा आइतबार ५६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

बगंलाचुली गाउँपालिका ६ को एउटै स्वारेन्टानमा रहेका ४४ जना, अन्य तुल्सिपुर उपमहानगर पालिक १ र घोराही उपमहानगरपालिकाका रहेका छ्न् ।

जिल्लामा सबैभन्दा बढी सक्रंमित बङ्गलाचुली गाउँपालिकामा भेटिएका छन् । यसअघि दाङमा ९६ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै दाङमा १५२जना कोरोना संक्रमित भेटिएका छन्।