बुटवल,
३२ जेठ । गुल्मीका ४२ वर्षीय एक पुरुषको मृत्यु भएको छ । गुल्मी, धुर्कोट ४ का उनको आइतबार दिउँसो लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।
‘शनिबार आइसोलेसन अस्पताल लैजानका लागि ल्याइएको थियो’, उनले भने, ‘खोकी, श्वास फोर्न समस्या भएर ल्याइएको थियो ।’ प्रादेशिक अस्पतालमै राखेर उपचार गरिएकोमा आइतबार दिउँसो ३ बजेतिर मृत्यु भएको थापाले बताए ।
उनी भारतबाट ८ दिनअघि आएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए । आरडीटी पोजिटिभ आएका उनको पीसीआर परीक्षणका लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको डा. थापाले बताए ।