२०७७ माघ ७ गते बुधवार
२०७७ माघ ७ गते बुधवार

मोटरसाइकल दुर्घटनामा बबईका वलीको मृत्यु, १ घाइते

दाङ,
१ असार । दाङमा मोटरसाईकल दुर्घटनामा एक जनाको ज्यान गएको छ, भने एकजना घाइते भएका छन् । दुर्घटनामा बबई गाउँपालिका वडा नं.६ का ३७ बर्षीय मोटरसाईकल चालक खिमबहादुर वलीको ज्यान गएको छ ।

दुर्घटनामा परी घोराही उपमहानगरपालिका वडा नं. ११ बुकालीडाँडा निवासी १८ बर्षीय कमल योगी गम्भीर घाइते भएका छन् ।

आइतवार बेलुका ८ बजेर २० मिनेट जाँदा तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा ३ प ४७९५ नम्वरको वलीले चलाएको मोटरसाईकलले पैदलयात्री योगीलाई ठक्कर दिएको थियो ।

दुर्घटना पछि दुबै जनालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा लगिएकोमा मोटरसाईकल चालक वलीको उपचारकाक्रममा राति साढे ९ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिएका छन् ।

घाइते योगीलाई राति नैप्रतिष्ठानको उपचार पछि थप उपचारका लागि बाँके रिफर गरिएको डिएसपी खड्काले बताए ।