२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

आज भूम्या पर्व, रोल्पा र पूर्वी रुकुममा सार्वजनिक विदा

काठमाडौं, 
१ असार । प्रकृतिको पुजा गरेर मनाइने मगर समुदायको दोस्रो महत्वपूर्ण चाड भूम्या पर्व आजबाट सुरु भएको छ । प्राकृतिक विपत्ति नआओस्, भूतप्रेत, ग्रहदशा जाउन्, बालीनालीमा किरा नलागोस् भनेर मगर समुदायमा हरेक असार १ गतेदेखि एक हप्तासम्म भूम्या पर्व मनाउने प्रचलन छ ।

विशेष गरी रोल्पा, रुकुमको मगर बाहुल्य क्षेत्र र अथार मगरात क्षेत्रमा मनाइने भूम्या पर्व पछिल्लो समय काठमाडौं उपत्यका लगायतमा पनि मगर समुदायले धुमधामका साथ मनाउने गरेका थिए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण यस वर्षको भूम्या पर्वमा भने कुनै पनि औपचारिक कार्यक्रम राखिएको छैन ।

भूम्या पर्वको मुख्य दिन आज प्रदेश नं. ५ सरकारले रोल्पा र पूर्वी रुकुममा सार्वजनिक विदा दिएको छ । रोल्पा र रुकुममा धुमधामका साथ भूम्या पर्व मनाइने भए पनि कोरोना भाइरसका कारण यस वर्ष प्रायः बस्तीहरु सुनसान छन् ।