२०७७ माघ ७ गते बुधवार
२०७७ माघ ७ गते बुधवार

क्वारेन्टिनबाट घर पठाइएका १७ जनामा कोरोना पुष्टि, स्थानीयद्वारा वडा कार्यालय घेराउ

दाङ,  
१ असार । पिसिआर रिपोर्ट नआउँदै घर पठाइएका घोराहीका १७ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १७ का १७ जनाको रिपोर्ट पोजेटिभ आएपछि समुदाय त्रसिद बनेको छ । चौघेरा क्वारेन्टिनमा बसेका ३५ मध्ये १६ जनालाई वडाध्यक्ष खुसिराम चौधरीले जेठ २८ गते रिपोर्ट नआउँदै घर पठाएका थिए । उनीहरु मध्यकै १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

चौघेरा क्वारेन्टिनमा बसेका कुल ३५ जनाको जेठ २१ गते पिसिआर टेष्टको लागि स्वाब संकलन गरिएको थियो । तर रिपोर्ट नआउँदै उनीहरुलाई घर पठाइएको वडा सदस्य तुलप्रशाद घिमिरेले जानकारी दिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा आइतवार नै घर पठाइएका १७ जनामा संक्रमण पुष्टि भएपनि त्यो कुरा सार्वजनिक भएको छैन ।

यसैबीच सोमवार घोराही १७ चौघेराका सर्वसाधारणले वडा कार्यालय घेराउ गरेका छन् । गाउँका मानिसहरु भेला भएर वडाध्यक्षको कदमको चर्कौ विरोध भइरहेको स्थनीय शिशिर आचार्यले जानकारी दिए ।

तस्वीर  :शिशिर आचार्य