२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दाङका कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

दाङ, 
१ असार । दाङका कारागारहरुमा सुरक्षा गार्डको रुपमा आज सोमवारदेखि नेपाली सेना खटिएको छ । तुलसीपुर र घोराहीको कारागारको सुरक्षाका लागि नेपाली सेना खटिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले बताए ।

सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको लागि खटाउन थालिएपछि जनशक्ति अभाव टार्न तत्कालका लागि नेपाली सेनालाई सोमवारदेखि कारागार सुरक्षार्थ खटाइएको रिजालले बताए । हालसम्म सशस्त्र प्रहरी कारागारको सुरक्षार्थ खटिदै आएको थियो ।

लकडाउनको अवधिमा सशस्त्र प्रहरीलाई सीमा सुरक्षाका लागि खटाउने सरकारी नीति अनुरुप जनशक्ति अभाव भएपछि सेनाकारागारको सुरक्षामा खटिएको प्रजिअ रिजालले जानकारी दिए । यसअघि आम निर्वाचनको समयमा पनि सेनाले कारागारको सुरक्षागर्ने गर्दथ्यो ।