२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

दाङमा ४३ संक्रमित थपिए, थप १२ जनाले कोरोना जिते

दाङ, 
१ असार । दाङमा सोमबार ४३ जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार घोराही उपमहानगरपालिकामा ४२ जना र बंगलाचुली गाउँपालिका एक जनामा कोरोना पुष्टि भएको छ । सवैभन्दा धेरै संक्रमित घोराही उपमहानगरपालिका वार्ड न १७ का रहेका छन् । उक्त वडामा १७ जना संक्रमित रहेका छन भने उनीहरुको उमेर १४ वर्ष देखि ५५ वर्ष सम्मका रहेका छन । उनीहरु मध्य एक जना महिला रहेकी छिन् ।

घोराही उपमहानगरपालिका वडा नं. १८ का ७ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुको उमेर २४ देखि ६० वर्ष सम्मका पुरुषहरु छन । उनीहरु मध्य एक जना स्वास्थ्यकर्मी हुन । उनी नयाँ दिल्लीबाट जेठको ३ गते आएर क्वारेन्टाइनमा बसेका थिए । त्यस्तै घोराही उपमहानगरपालिका–३ मा ३ जना, वडा नं. ४ मा १० र ५ नम्वर वडामा ५ जना कोरोना संक्रमित थपिएका छन् ।

वडा नं. ३ मा ४१,३३,४८ बर्षका पुरुष छन । वडा नं. ४ मा १९ देखि ५७ वर्षका र वडा नं. ५ मा १९,३५,१८,२४ र ३८ बर्षीय परुषमा कोरोना संक्रमण देखिएको हो । त्यसै गरी बंगलाचुली गाउँपालिका ३ का १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

योसँगै दाङमा कोरोना संक्रमितको संख्या १ सय ८३ जना पुगेको छ । त्यो मध्ये ३३ जना उपचारपछि घर फर्किएका छन् ।

त्यसैगरी दाङ स्थित कोरोना बिशेष अस्पताल बेलझुण्डीबाट १२ कोरोना जितेर फर्केका छन् ।

कोरोना बिशेष अस्पताल बेलझुण्डीका व्यबस्थापक दोर्ण वलीका अनुसार तुलसीपुरका ५ जना, गढवाका ४ जना र पूर्वी रुकुमका तीन जनाको सोमबार डिस्चार्ज गरिएको हो ।

यो संगै बेलझुण्डीबाट अहिलेसम्म ५८ जना संक्रमितले कोरोना जितेका छन् । अस्प्तालबाट अहिलेसम्म प्रदेशका विभिन्न जिल्लाका ९५ जना भर्ना भएका थिए । ५८ जना डिस्चार्ज भएपछि अहिले अस्पतालमा ३५ जना संक्रमित रहेका छन् ।

उनीहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको छ । साथै उक्त अस्पतालबाट दुर्इजनालाई बुटवल रेफर गरिएको छ । डेंगु देखिएका बबई गाउँपालिका र दंगीशरण गाउँपालिकाका २ जना पुरुषलाई डिस्चार्ज गरेको हो ।