२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

नवराजकी प्रेमिकाको बयान : बुवा, दाइ र अन्य गाउँले हत्यामा प्रत्यक्ष संलग्न छन्

काठमाडौं,
१ असार । गत जेठ १० गते हत्या गरिएका नवराज विककी प्रेमिका भनिएकी किशोरीले नवराज र उनका पाँच साथीको हत्यामा बुवा, दाइ र अन्य गाउँले प्रत्यक्ष संलग्न रहेको बयान दिएकी छिन् ।

रुकुम पश्चिम प्रहरीसँगको बयानमा उनले भनेकी छन्– ‘मेरो बुवा, दाइसमेतले नवराज विकसमेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्‍याइ ६ जना केटाहरुलाई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ ।’ उनले नवराजको घरमा दुई पटक बसेको र पछिल्लो समयमा सम्बन्ध सुमधुर नभएको बताएकी छन् ।

आइतबार कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुतलगायतका कसुरमा ३४ जना विरुद्ध जिल्ला अदालतमा मुद्धा दायर भएको खबर कान्तिपुरमा प्रकाशित छ ।

-फाइल फोटो