२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

रुकुम घटना : मृतकका परिवारलाई १० लाख राहत प्रस्ताव

काठमाडौं, 
२ असार । पश्चिम रुकुममा गाउँलेको आक्रमणबाट मारिएका ६ जनाका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउन गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ ।

यसका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन अर्थ मन्त्रालयमा पनि पत्र पठाइएको गृह मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।

गृहले घाइतेको निशुल्क उपचारको व्यवस्था गर्ने पनि प्रस्ताव गरेको छ । गृहको प्रस्ताव मन्त्रिपरिषद्‍बाट अनुमोदन भएपछि मृतकका परिवारलाई राहत उपलब्ध गराइने गृह मन्त्रालले जनाएको छ ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले मृतकका परिवारलाई राहत र घाइतेलाई उपचार खर्च उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताए । रुकुम पश्चिम जिल्ला सुरक्षा समिति बैठकले गरेको सिफारिसका आधारमा राहत तथा उपचार खर्चको व्यवस्था गर्न प्रक्रिया थालिएको उनले बताएको खबर कान्तिपुरमा प्रकाशित छ ।