२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

अगैया पुलबाट ट्याक्टर खस्दा एकको मृत्यु, एक बेपत्ता

बाँके, 
२ असार । बाँकेको राप्तिसोनारी गाँउपालिका २ अगैया पुलबाट ट्याक्टर नदिमा खस्दा एक जनाको मृत्यु भएको छ । अगैयामा सोमबार भएको दुर्घटनामा वेपत्ता भएका एक जनाको शव भेटिएको हो । थियो । दुर्घटनामा ट्याक्टरमा सवार ३ जनामाध्ये दुई जना नदिमा डुबेर बेपत्ता भएका थिए । एक जनाको भने सकुशल उद्धार गरीएको थियो ।

वेपत्ता भएका मध्य राप्तीसोनारी ३ भवानीपुरका १९ वर्षिय चोर्नबहादुर थारुको शव फेला परेको हो । दुर्घटनास्थलमा पुगेको शसस्त्र प्रहरीको गोताखोर टोलीले नदिबाट थारुको शव निकालेको हो । दुर्घटनामा वेपत्ता भएका राप्ती सोनारी ३ भगौतिपुरका १७ वर्षिय सुनिल थारुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो अगैया पुलबाट १०० मिटर तल राप्ती नदिमा ना ७ त ५१८ नम्बरको ट्याक्टर अनियंत्रित भइ खस्दा चालक सहित २ जना वेपत्ता भएका हुन । दुर्घटनामा परेका राप्ती सोनारी १ जरुवाका १९ वर्षिय ऋषि विकको सकुशल उद्दार गरीएको थियो ।