२०७७ माघ १० गते शनिवार
२०७७ माघ १० गते शनिवार

देशका विभिन्न ठाउँमा आज र भोलि झरी पर्ने

काठमाण्डौं, 
२ असार । मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा आज र भोलि झरी पर्ने मौसमविदले जनाएका छन् ।

विशेषगरी मध्य र पूर्वी नेपालका विभिन्न ठाउँमा रातिदेखि नै पानी पारिरहेको मनसुनी प्रणाली पश्चिम सर्ने क्रममा रहेकोले रातिदेखि नै धेरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यो प्रणाली बेलुकीसम्ममा पश्चिम पुग्ने भएकाले आज र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ ।

एकैछिन पानी पर्न रोकिए पनि फेरि पानी परिहाल्ने उहाँको भनाइ छ । कतै कतै ठूलो पानी पनि पर्ने भएकाले हिँडडुल गर्दा सावधानी अपनाउन पनि मौसमविद् मानन्धरको आग्रह छ ।

अब विस्तारै पश्चिमी वायुको प्रभाव कम हुँदै जाने र मनसुनी वायु सक्रिय हुने उहाँले जानकारी दिनुभयो ।