२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

विद्युत चार्ज गर्ने क्रममा करेन्ट लागेर चौधरीको मृत्यु

कोहलपुर, 
२ असार । कोहलपुरमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । कोहलपुर ११ को टाउन प्लानिङ्ग क्षेत्रमा ११ केभिएको नयाँ लाईमा विद्युत चार्ज गर्ने क्रममा कोहलपुर ११ का सशिराम चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

मृतक चौधरी टाउन प्लानिङ्ग क्षेत्रमा नयाँ विद्युत लाईन विस्तार गरिरहेको ठेक्केदार कम्पनी सेन्टर नेपाल इन्जीनेरिङ्ग एण्ड कन्ट्रक्सन प्राली का कर्मचारी हुन् ।

करेन्ट लागेर मृत्यु भएका चौधरीको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाउने तयारी गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले बताएको छ ।