२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

घोराहीको एउटा वडा र दुई वटा स्वास्थ्य कार्यालय सिल

दाङ, 
२ असार । दाङको घोराही उपमहानगरपालिका भित्रका विभिन्न वडाका स्वास्थ्यकर्मीका कोरोना संक्रमण भएपछि उनीहरु काम गर्ने स्वास्थ्य कार्यालय र उनीहरु आउजाउ गरेका वडा कार्यालयमा सिल गरिएको छ ।

जसअनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालय सिल गरिएको छ, जहाँ संक्रमित स्वास्थ्यकर्मी बस्ने गरेका थिए ।

त्यस्तै वडा नम्बर ४ मा रहेको स्वास्थ्यचौकी पनि सिल गरिएको छ, जहाँ दुइ स्वास्थ्यकर्मी संक्रमित भएका थिए । त्यसैगरी वडा नम्बर २ को शहरी स्वास्थ्य प्रबर्धन केन्द्रको कार्यालय पनि सिल गरिएको छ ।

भोलिदेखि संक्रमित स्वास्थ्यकर्मी र वडा नम्बर १७ तथा १८ का संक्रमितको परिवारको कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब संकलन शुरु गरिने घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । घोराही १७ का १७ र घोराही १८ का दुइ जना रिपोर्ट नआउँदै घरमा गएकाले कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपरेको हो ।