२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

दाङका भारतीय सीमा क्षेत्रमा १० वटा सुरक्षा पोस्ट थपिए

अब ११ वटा सीमा सुरक्षा पोस्ट

दाङ, 
२ असार । दाङमा पछिल्लो तीन महिनामा १० वटा सीमा सुरक्षा पोस्ट स्थापना गरिएका छन् । ८३ किलोमिटर अन्तरदेशीय सीमा क्षेत्र रहेको दाङमा तीन महिना अघिसम्म एउटामात्र सीमा सुरक्षा पोस्ट रहेकोमा अब ११ वटा भएका छन् ।

३१ नाकामध्ये सुनपत्थरी, खाग्रा, भैसाही, मुसी, डगमारा, बटौली, भौवालगायतका नाकामा सीमा सुरक्षा बलको पोस्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । कोरोनाको सङ्क्रमणसँगै नेपालतर्फ सीमा सुरक्षा बलका पोस्टहरु थप गरिएका हुन् ।

सीमा क्षेत्रमा सुरक्षा पोस्ट स्थापनासँगै एक नाकाबाट अर्को नाकामा पुग्नको लागि सडक निर्माणको काम पनि भइरहेको छ । जिल्लाको भारतसँग सीमा जोडिएको क्षेत्रको सुरक्षा अवस्थाको बारेमा आइतबार स्थलगत अनुगमन गरिएको खबर उज्यालो अनलाइनमा प्रकाशित छ ।