२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

खानेपानिको आय व्यय उपभोक्तालाई देखाउन माग

बबई,  
२ असार । बबई गाउँपालिका वडा नं ७ ढोलपुरमा रहेको शिबशक्ति खानेपानि तथा सरसफाई उपभोक्ता समितिको आर्थिक कारोवार अहिले सम्म उपभोक्ताहरूलाई नदेखाएको भन्दै हाल सम्मको आय व्यय उपभोक्तालाई देखाउन माग गरेका छन ।

३ बर्ष देखि खानेपानिको बैठक, भेला, साधारण सभा नभएको भन्दै तुरन्त आम भेला राखी पारदर्शी आय व्यय उपभोक्ता माझ सार्वजनिक गर्न उनिहरूले माग गरेका छन् । २०७४ सालबाट सुरू भएको खानेपानिको आय व्यय हाल सम्म सार्वजनिक नहुँदा उपभोक्ता अक्रोसित भएका छन् । भेला बोलाई आय व्यय सार्वजनिक गर्न शिबशक्ति खानेपानि तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जक्त वहादुर बस्नेतलाई पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरेको उपभोक्ताहरूले आरोप लगाएका छन् ।

 

 

 

 

 

बबई ७ का ढोलपुर, रावततरा, डाँडागाउँ, सिमलकुना, कृष्णपुर गरि १९४ घर धुरीले पानि उपभोग गरिरहेका छन । आर्थिक कारोवार सार्वजनिक गर्न वेवास्ता गरेको भन्दै ७ दिन भित्र आय व्यय सार्वजनिक गर्न माग गरेका छन । स्थानिय समाजसेवी तथा बुद्धिजिवि मान वहादुर डाँगीको अध्यक्षतामा बसेको भेलाले ७ दिन उपभोक्ता भेला बोलाई पारदर्शि आय व्यय सार्वजनिक गर्न माग गरेका हुन ।

यता शिबशक्ति खानेपानि तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जक्त वहादुर बस्नेतले खानेपानिको काम अझै अपुरो रहेको र टंकी निर्माण लगायत अन्य खानेपानिको काम भइरहेको हुनाले सवै सम्पन्न भएपछि आय व्यय सार्वजनिक गर्ने बताए । आफु अहिले गाउँ नभएको र गाउँ आएर यसबारे छलफल गर्ने अध्यक्ष बस्नेतले बताए ।