तुलसीपुर,
२ असार । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का एक युवा समाजसेवीले १६ घर परिवारलाइ राहत वितरण गरेका छन् ।
कोभिड १९ विरुद्ध आह्वान सरकारले गरेको लकडाउनका कारण साँझ बिहानको गुजारा चलाउन गाह्रो भएका आफ्नो गाउँघरका १६ घरपरिवारलाई तुलसीपुर ११ प्रिगाउँ निवासी युवा समाजसेवी माधब न्यौपानेले राहत वितरण गरेका हुन।
उनले प्रति घरपरिवार २५ किलो चामल, १ किलो दाल, १ प्याकेट नुन र १ लिटर तेल बितरण गरेका हुन । हाल काठमाण्डौं स्थित काठमान्डौ ईन्टरनेशनल स्टडी सेन्टरमा कार्यरत न्यौपानेले पठाएको उक्त राहत उनका बुबा मिन प्रसाद न्यौपाने, भाइहरु दुर्गा न्यौपाने र रोहित न्यौपानेले वडा सदस्य सुबास डाँगीको रोहबरमा वितरण गरेका हुन ।