दाङ,
३ असार । दाङमा मंगलबार थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू सबै घोराहीका हुन्। जसमा ४५ पुरूष र १० महिला रहेका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा मंगलबार ३ देखि ५१ वर्षका संक्रमित फेला परेका हुन्।
घोराही उपमहानगरपालिका वडा नं. ४ मा मात्रै ४७ जना नयाँ संक्रमित थपिएका छन्। जहाँ ३८ पुरूष र ९ जना महिलामा संक्रमण फेला परेको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए।
त्यस्तै, घोराही ११ मा ३ जना पुरूष, १२ मा ४ जना पुरूष र वडा नं। १५ मा १ जना पुरूष संक्रमित फेला परेको घोराहीका स्वास्थ्य शाखा संयोजक नारायण घर्तीले जानकारी दिए। राजपुर गाउँपालिकाको एक जना २५ वर्षीया महिलामा संक्रमण फेला परेको छ।
उनीहरू सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरू हुन्। उनीहरूलाई एउटै बसमा ल्याइएको हुँदा संक्रमण फैलिएको आशंका गरिएको छ। यो संगै दाङमा कुल संक्रमितको संख्या २४३ पुगेको छ।