तुलसीपुर,
२ असार । ट्राफिक प्रहरीले तुलसीपुर क्षेत्रबाट ३९ वटा अटोलाई नियन्त्रणमा लिएको छ ।
लकडाउनको उलंघन गरेको भन्दै तुलसीपुर क्षेत्रका विभिन्न स्थानबाट नियन्त्रण लिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख नन्द पोख्रेलले जानकारी दिए ।
सार्वजनिक सवारी साधनलाई चल्न नदिने सरकारको निर्णय अनुसार लकडाउनको अबज्ञा गर्ने अटोलाई नियन्त्रणमा लिएको ट्राफिक प्रमुख पाख्रेलले बताए ।