प्यूठान,
२ असार । प्यूठानमा एकैदिन २० जना कोरोना संक्रमित थपिएका छन् ।
प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणअनुसार मंगलबार उनीहरुलाई कोरोना पुष्टि भएको हो । नौवहिनी गाउँपालिका ८ फोप्लीका ९ र ६ नम्बर वडा लुङका ५ सहित १४ जना छन् ।
गौमुखी गाउँपालिका, स्वर्गद्धारी नगरपालिका र प्यूठान नगरपालिकामा २र२ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन एवं जनस्वास्थ्य निरीक्षक पुष्कल श्रेष्ठले जानकारी दिए ।