२०७७ असोज ३ गते शनिवार
२०७७ असोज ३ गते शनिवार

रोल्पामा मिनि ट्रक दुर्घटनामा हुँदा चालकको मृत्यु

रोल्पा, 
३ असार । सवारी दुर्घटनामा परेर रोल्पामा एक जनाको मृत्यु भएको छ । रोल्पा त्रीवेणी ५ नेर्पा निवासी २६ बर्सिय सन्देश थापाको मङगलबार राती सवारी दुर्घटनामा परि ज्यान गएको छ ।

गएराति साढे आठ बजे आफैले चलाएको बा ३ ख ८२१७ नम्बर मिनि ट्रक जुगार नुवागाउ सडकमा पर्ने गोइतिबाङ नजिक दुर्घटनामा परि गम्भीर घाइते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

गाडी सडकबाट करिब २० मिटर खोलामा खसेको प्रहरीले जनाएको छ ।