२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

आरडीटी पोजेटिभ देखिएका एक पुरुषद्वारा आत्महत्या

अर्घाखाँची, 
३ असार । अर्घाखाँचीमा कोरोना परीक्षण गर्दा आरडिटीमा पोजेटिभ देखिएका एक जनाले आत्महत्या गरेका छन्।

जिल्लाको शितगंगा ५ गल्दा हरी माबिको क्वारेन्टाइनमा बस्दै आएका स्थानीय चित्रेबारीका ४५ वर्षीय देबबहादुर बिकले झुन्डिएर आत्महत्या गरेको स्थानियले जनाएका छन्। उनी जेठ १० गते भारतबाट आएर स्थानीयतहले बनाएको क्वारेन्टाइनमा बसेको १४ दिन पछि आरडिटी परीक्षण गरिएको थियो।

उनको आरडिटीमा पोजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि स्वाबको नमूना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाईएको छ। तर मृतकको पिसिआर रिपोर्ट आएको छैन्। आरडिटी पोजेटिभ देखिएका ३ जना एउटै कोठामा क्वारेन्टाइनमा बस्दै आएका थिए।