२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

मागेर जिविकोपार्जन गर्दै आएका एक पुरुषको शव फेला

कोहलपुर, 
३ असार । बाँकेको कोहलपुर–शमरेरगञ्ज सडक खण्डको चंपाइ नालाको पुलमुनि एक पुरुषको शव भेटिएको छ । कोहलपुर र राप्तीसोनारी क्षेत्रमा माग्दै हिड्ने पुरुषको शव भेटिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

डिएसपि कुलदिप चन्दले बेवारिसे अवस्थामा लास भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेको बताए । स्थानीय कविन्द परियारले जंगल नजिकै रहेको उक्त पुलमा उनको शव भेटिएको बताए । उनका अनुसार ती पुरुष पछिल्लो केही समय देखि राप्तीसोनारी क्षेत्रमा बेवारिसे अवस्थामा बस्थे ।

स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार उनी कोहलपुर र राप्तीसोनारी क्षेत्रमा माग्दै जिविकोपार्जन गर्दै आएका थिए ।प्रहरीले घटनास्थलमा पुगेर उनको उद्धार गरिसकेको छ । मृतको परिचय खुल्न नसकेको चन्दले जानकारी दिए । उनको शव पोष्टमार्टमको लागि भेरी अस्पताल लगिएको उनको भनाई छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।