दाङ,
३ असार । कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि त्यसवाट बच्न दाङमा थप साबधानी अपनाइने भएको छ । विहीवार बेलुका ५ बजेदेखि लागू हुने गरी जिल्लाका सबै बजारहरु बन्द गर्ने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङमा बुधवार विहान बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।वैठकले यही रफ्तारमा संक्रमितहरु बढ्दै गएमा नयाँ रणनीति बनाएर अगाडि बढ्ने निर्णय भएको जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले बताए ।
वैठकले सवारी साधनलाई व्यवस्थित गर्न नीजि सवारी साधनहरुमा जोडबिजोड प्रणाली जिल्लाभर लागू गर्ने निर्णयपनि गरेको छ । त्यसमा मोटरसाइकलमा जोडबिजोड प्रणाली अन्तगर्त एकजना मात्र बसेर सवारी सञ्चालन गर्न पाइने छ ।
जिप कारहरुमा चालक सहित अन्य दुईजना बस्नेगरी जोडबिजोड प्रणाली लागू गरिएको छ । दाङमा जोड विजोड गतेका आधारमा त्यो नियम लागु हुने भएको छ ।