सल्यान,
३ असार । कोरोना भाइरसबाट संक्रमित भएर उपचार गराइ रहेका सल्यानका ४१ जना निको भएर मंगलबार घर फर्किएका छन् ।
सल्यान बहुमुखी क्याम्पस लुहापिङ्गको आइसोलेसनमा बसेर उपचार गराइरहेका ३६ र जिल्ला अस्पताल सल्यानबाट पाँच जना घर फर्किएका हुन् ।
घर फर्कनेमा बन्गाड कुपिण्डे नगरपालिकाका ३५ र दार्मा गाउँपालिकाका ६ जना रहेका छ्न । स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरका अनसार कोरोना ठिक भएर घर फर्किएका ४१ जना मध्ये ४० पुरुष र एक महिला छन । उनीहरुको पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फकाईएको हो ।