दाङ,
३ असार । दाङमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा राप्ती गाउँपालिकाका ५ र गढवा गाउँपालिकाका ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
योसँगै दाङमा कोरोना संक्रमितको संख्या २ सय ५२ जना पुगेको छ । योसंगै राप्ती गाउँपालिकामा १३ र गढवा गाउँपालिकामा १२ जनामा कोरोना पुष्टि भएको छ ।