२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

कांग्रेसद्वारा संसदमा कोरोना ध्यानाकर्षण प्रस्ताव दर्ता

काठमाडौं, 
३ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदमा कोरोनाबारे ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाल गौतम र सांसद गगन थापाले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नदेखिएको भन्दै बुधबार ध्यानाकर्षण प्रस्ताव दर्ता गरेका हुन्।

‘जनस्वास्थ्यमा महासंकट आउन नदिन तत्काल सदनले सरकारलाई मार्ग निर्देशन गर्न अपरिहार्य भएको भन्दै कांग्रेस संसदीय दलले स्वास्थ्य मन्त्री भानुभक्त ढकालको ध्यानाकर्षणका लागि संसदमा जरूरी सार्वजनिक महत्वको विषयमा ध्यानाकर्षणको सूचना दर्ता गरिएको’ उल्लेख गर्दै कांग्रेस संसदीय दल निकालेको विज्ञप्तिमा भनिएको छ।