२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बुटवलमा सञ्चारकर्मीसहित ११ जना कोरोना संक्रमित डिस्चार्ज

बुटवल, 
३ असार । बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीको आइसोलेसनमा रहेका ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । बुटवल उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दनकुमार सिंहले थप एक हप्ता घरमा सामाजिक दूरीसहित बस्ने शर्तमा उनीहरुलाई घर पठाएको बताए ।

डिस्चार्ज हुनेमध्ये ५ जनाको आइसोलेसनमा राखिएपछि २ पटक गरिएको स्वाब परीक्षण नेगेटिभ आएको थियो । ६ जनाको भने दोस्रो रिपोर्ट आउन बाँकी छ । आइसोलेसनमा बसेको १७ दिनभन्दा बढी भएको र कुनै लक्षण नदेखिएकाले उनीहरुलाई पनि डिस्चार्ज गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

डिस्चार्ज हुनेमा रुपन्देहीका ७ जना छन् । सञ्चारकर्मीसहित कपिलवस्तुका २ जना छन् र नवलपरासी पश्चिमका २ जना छन् । आइसोलेसन सेन्टरमा अब २६ जना संक्रमित छन् ।

-फोटो र समाचार कान्तिपुरबाट साभार