२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

ब्राउनसुगर र नगदसहित तुलसीपुरमा २ जना पक्राउ

तुलसीपुर, 
३ असार । ब्राउनसुगर सहित तुलसीपुरमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१ भमके निबासी लोकु भन्ने लोक बहादुर थापा र घोराही उपमहानगरपालिका–१५ निबासी सरिता परियार पुन रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

घोराहीबाट रा४प २८७६ नम्बरको मोटरसाईकलमा आउँदै गरेको अवस्थामा ३३ हजार नगद सहित एक ग्राम ३४० मिलिग्राम खैरो ब्राउनसुगर सहित दुधरासमा पक्राउ गरेको प्रवक्ता डम्बरपालले जानकारी दिए ।

पक्राउ परेका मध्य सरिता गएको जेठ २३ गते तुलसीपुरको दमारगाउँमा एम्बुलेन्स सहित पक्राउ परेका शंकर पुनको श्रीमती रहेको प्रहरीले बताएको छ । प्रक्राउ परेकालाइ अनुसन्धानका लागि ईप्रका तुलसीपुरमा राखिएको छ ।