बबई,
४ असार । पश्चिम दाङमा भ्याकुर खादा एक जनाको मृत्यु भएको छ, भने दुई जना बिमारी परेका छन् । मृत्यु हुनेमा बबई गाउँपालिका सुन्दरखाल निबासी ७७ बर्षका पदम बहादुर रोका रहेको राप्ती प्रादेशिक असपताल तुलसीपुरले जानकारी दिएको छ । भ्याकुर खाए लगत्तै बेहोस भएका रोकाको स्थानीय सिस्ने मेडिकलमा उपचारका क्रममा मृत्यु भएको थियो ।
त्यसैगरि बिमारी हुनेमा मृतककी नातिनी १४ बर्षकि मनिशा रोका र ८ बर्षका मनोज रोका रहेका छन ।
बिमारी परेका दुबैजनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । मृतकले घरनजिकै रहेको खरबरिबाट भ्याकुर ल्याएर पोलेर खाए लगत्तै बिमारी परेका थिए ।