धनगढी,
४ असार । कोरोना भाइरसको संक्रमणका कारण कैलालीका दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै मृतकको संख्या २२ पुगेको छ ।
गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।
स्वस्थ्यमा समस्या आएपछि धनगढीकै नवजिवन अस्पतालमा उपचार गर्न गएका उनलाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको थियो । लगतै उनलाई प्रादेशिक अस्पताल सारिएको थियो ।
उनको उपचारका क्रममा मृत्यु भएको प्रादेशिक स्वस्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बताए ।
-फाइल फोटो