२०७७ असोज १४ गते बुधवार
२०७७ असोज १४ गते बुधवार

बाटोमा लडेर वडा सदस्यको मृत्यु

रुकुम,  
४ असार । रुकुम पूर्वमा एक जना वडा सदस्यको लडेर ज्यान गएको छ ।

जिल्लाको भूमे गाउँपालिका वडा नं. ४ की ५८ बर्षीया धनशरी कामीको लडेर ज्यान गएको छ । बुधवार बेलुका ४ बजेतिर काँडा भन्ने स्थापनमा पैदल हिडिरहेकी वडा सदस्य कामी लडेर गम्भीर घाइते भएकी थिइन । उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र काँडा तर्फ लैजाने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी प्रमुख गजुशिद्धि बज्राचार्यले जानकारी दिए ।

प्रहरीलाई भने घटनावारे बुधवार राति अवेर ११ बजेतिर मात्रै खवर प्राप्त भएको बज्राचार्यले जानकारी दिए । पानी परेको हुँदा चिप्लो बाटोमा उनी लडेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।