२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

सिंचाईमा सहयोग पुर्याउन पम्मसेट सहयोग

बबई, 
४ असार । तरुण दलका एक युवा नेताले चौधरी बस्तीका लागि पम्पसेट सहयोग गरेका छन ।

बबई गाउँपालिका वडा नं २ का तरुण दलका अध्यक्ष घमण्ड खड्काले लमही नगरपालिका ७मा रहेको बन्गैँ गाउँका चौधरी बस्तीलाई करीब ४० हजार पर्ने पम्पसेट सहयोग गरेका हुन ।

आफु सो बस्तीमा बस्दा गाउँमा सिचाईको समस्या देखेपछि समितिका अध्यक्ष कृष्ण यादवलाई सो रकम बराबरको पम्मपसेट हस्तान्तरण गरेको खड्काले बताए ।

समाजसेवामा चासो राख्ने युवा समाजसेवी तरुणदलका नेता खड्काले आफ्नै वडाको बगाले मा पनि सार्वजनिक धारा बनाउन लागेका छन् ।