तुलसीपुर,
४ असार । दुई छिमेकी मुलुक भारत र चिनलाई आवेग होइन विवेक प्रदर्शन गर्न मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ ।
चीनियाँ र भारतीय सेना बिच हालै सिमान्त गल्वान उपत्यकामा भएको हिंसात्मक झडपमा दर्जनौ सैनिकहरु हताहत र घाइते भएको खबरले मानव अधिकार तथा शान्ति समाज दुखित एवं स्तब्ध भएको भन्दै तत्काल सम्बाद र बार्ताबाट समस्यामा समाधान गर्न आग्रह गरेको छ ।
‘युद्ध निषेध, शान्ति विशेष’ भन्ने आह्वानसहित अभियानरत मानव अधिकार तथा शान्ति समाजले बिहीबार दाङको तुलसीपुरमा प्रर्दशन गरेको हो । शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेतले युद्धको कुनै पनि कृत्यको विरोध गर्दछ र वार्ताबाटै समस्याको समाधान गर्न आग्रह गर्नुभएको छ ।
एसियाका दुईठुला मुलुक चीन र भारत शान्तिका लागि उदाहरण बन्नुपर्नेमा उहाँको जोड छ । शान्ति समाज दाङ शाखाले गरेको प्रर्दशनमा शान्ति समाज दाङ शाखाका पुर्ब सभापति एबम बरिष्ठ अधिबक्ता डिल्लीराज धितालले चीन र भारतलाई सिमान्त क्षेत्रमा झडप रोक्न, वार्ताबाटै समस्याको समाधान खोज्न आग्रह गर्नुभयो ।
समाजका पुर्ब केन्द्रिय सदस्य निर्मल नेपालीले आवेग होइन विवेकको प्रदर्शन गर्न, उत्तेजनालाई बढाउने होइन समझदारीलाई विस्तार गर्न दुवै देशलाई आग्रह गर्नुभयो । शाखा सभापति शरद रेग्मीको सभापतित्वमा भएको प्रर्दशन कार्यक्रममा सचिब निर्मला डिसी योगीले सहजिकरण गर्नुभएको थियो ।