२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

साउनसम्म कोरोना नियन्त्रण गर्न सक्छौं : प्रधानमन्त्री

काठमाडौं,
४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन अन्तिमसम्ममा कोरोना नियन्त्रण गर्न सकिने दाबी गरेका छन् ।

राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अहिले संक्रमितको संख्या बढेर गए पनि साउनसम्म नियन्त्रणमा लिन सकिने जानकारी दिएका हुन् । “बाहिरबाट आउने नागरिकको व्यवस्थापन गर्न सक्यौँ भने अहिले बढेर गए पनि साउनसम्म नियन्त्रणमा लिन सक्छौं,” उनले सदनमा भने ।

संक्रमितहरूको आउनेक्रम घटेर गएकाले नियन्त्रण गर्न सकिने अवस्था देखिएको प्रधानमन्त्रीको दाबी छ ।