२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

शान्तिनगरको जनकल्याण माविको क्वारेन्टाईनमा रहेका एक पुरुषमा कोरोना संक्रमण

शान्तिनगर, 
४ असार । दाङमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा तुलसीपुरका २ र शान्तिनगरका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाको भ्यूडर माविको क्वारेन्टाईनमा रहेका ५६ जनामध्य एक जना ४७ बर्षीय पुरुष, तुलसीपुरकै मावि कालाखोला क्वारेन्टाईनमा रहेका ४६ जना मध्य एक जना २४ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

त्यसैगरी शान्तिनगर गाउँपालिकाको वडा नम्बर २ स्थित जनकल्याण मावि बाघमारे क्वारेन्टाईनमा रहेका ९१ जना मध्य ४८ बर्षीय एक जना पुरुषमा कोरोना देखिएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ ।

यो सँगै दाङमा कोरोना संक्रमितको २ सय ५५ पुगेको छ । अब प्रतिष्ठानमा ३ हजार ९ सय ४७ जनाको स्वाब परीक्षण हुन बाँकी रहेको छ ।