२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

दिउँसो १२ वजेपछि तुलसीपुर बजार बन्द हुने

तुलसीपुर,
४ असार । कोरोना संक्रमणको प्रकोपलाई मध्यनजर गरेर तुलसीपुर बजार १२ वजेपछी बन्द हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकामा आज वसेको सरोकारवालको वैठकले अत्यावश्यक बाहेकका पसल १२ वजेपछी वन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला संकट व्यवस्थापन समितिले दाङभर ५ वजेपछी पसल वन्द गर्ने निर्णय गरेको थियो । तुलसीपुरमा तत्कालका लागि कोरोना पोजेटिभको संख्या न्युन भएपनि चुनौति धेरै भएकाले यस्तो निर्णय गरिएको नगरप्रमुख घनश्याम पाण्डेले वताए ।