२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

लागुऔषधसहित राप्ती गाउँपालिकाबाट एक जना पक्राउ

दाङ,
४ असार । दाङमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । दाङ प्रहरीले राप्ती गाउँपालिकामा एक जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय भालुबाङले गाडी जाँच गर्ने क्रममा त्यही ठाउँका राजकुमार पुनलाई पक्राउ गरेको हो । पुनको झोलामा अफिम जस्तो देखिने कालो लागुपदार्थ पाँच किलो दुई सय ५० ग्राम प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।