२०७९ चैत्र १ गते बुधवार
२०७९ चैत्र १ गते बुधवार

आज थपिएका एकसहित दाङमा ८ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

तुलसीपुर,
४ असार । दाङमा विहीवारसम्म ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमन फेला परेको छ । विहीवार घोराही उपमहानगरपालिका वडा नं. १० का ३२ बर्षीय स्वास्थ्यकर्मीमा संक्रमन फेला परेको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए ।संक्रमित स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टिनमा खटिँदै आएका थिए ।

मंगलवार मात्रै दाङको राजपुरकी एकजना स्वाब संकलनमा खटिदै आएकी एक महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण फेला परेको थियो । राजपुर गाउँपालिकामा ल्याब असिष्टेन्ट २५ वर्षीया स्वास्थ्यकर्मीमा संक्रमन भेटिएको हो । उनी स्वाब संलकनको लागि खटिदै आएकी स्वास्थ्यकर्मी रहेको चन्दले बताए ।

यसअघि घोराही वडा नं. ४ को स्वास्थ्य चौकीमा कार्यरत ३१ र ५७ बर्षीया दुई महिला स्वास्थ्यकर्मीमा संक्रमन फेला परेको थियो ।

घोराही वडा नं।.२ रामपुरको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कार्यरत ४६ बर्षीय एक पुरुष र वडा नं. ३ को सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कार्यरत ४८ बर्षीय एक अर्का पुरुषमा पनि कोरोना संक्रमन देखिएको छ ।

उनीहरु क्वारेन्टिनमा रेखदेखमा खटिदै आएकाहरु हुन । अब घोराहीमा मात्रै ५ जना स्वास्थ्यकर्मीमा संक्रमन पुष्टि भइसकेको छ । यसअघि राप्ती गाउँपालिकाका १ र लमही नगरपालिकाका थप १ जनामा पनि कोरोना संक्रमण फेला परेको थियो ।