२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

साउदीबाट ४ गर्भवतीसहित १५७ जना नेपाल आइपुगे

उडानमा एक जनाको शव पनि आएको छ

काठमाडौं, 
५ असार । साउदी अरबबाट १ सय ५७ जना नेपाली बोकेको पहिलो उडान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । जसमा ४ जना गर्भवती महिलासहित ८ जना महिला छन् । एक जनाको शव पनि छ ।

साउदी अरबको दोश्रो सहर दमाम अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हिमालयन एयरलाइन्समार्फत उनीहरु शुक्रबार बिहान ७ः३० काठमाडौं आइपुगेको हो । साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले उडान सुरु भएकोले स्वदेश फिर्न चाहने नेपालीलाई धैर्य रहन आग्रह गरेका छन् । साउदीमा १० हजार जनाले स्वदेश फिर्न दूतावासमा आवेदन दिएका छन् ।

पहिलो उडानमा अलपत्र परेका कामदारहरु आएको दूतावासले जनाएको छ । दोश्रो उडान राजधानी रियादबाट भोलि शनिबार हुँदैछ । तेश्रो उडान भने आउँदो मंगलबार तय भएको छ ।

शुक्रबार काठमाडौं आइपुगेका कामदारको आरडीटीमार्फत परीक्षण गरिएको हो । साउदीले आरडीटी परीक्षणलाई मान्यता दिएको छैन । साउदीमा पीसीआरमार्फत परीक्षण गर्न १५ सय रियाल शुल्क लाग्ने बताइएको खबर कान्तिपुरमा प्रकाशित छ ।