२०७८ कार्तिक ३ गते बुधवार
२०७८ कार्तिक ३ गते बुधवार

दाजुभाइ मिलेर १२ वर्षीया बालिकालाई बलात्कार

धनगढी, 
५ असार । कैलालीको गौरीगंगा नगरपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार बेलुका बालिका बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिकाका १९ वर्षीय नवीन साउद र २० वर्षीय चन्द्र साउदलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बलात्कारको आरोपमा दुई जना पक्राउ गरिएको र घटनाको अनुसन्धान भइरहेको बताए ।

पक्राउ परेकाहरु दाजुभाइ हुन् ।